०४ साउन २०८३, सोमबार

प्यालेस्टाइनी बालिकाको कारुणिक पुकारको भिडियो भयो भाइरल

जेठ ६, २०७८
प्यालेस्टाइनी बालिकाको कारुणिक पुकारको भिडियो भयो भाइरल

गाजामा बस्ने १० वर्षीया बालिका नडाइन अब्देल–ताइफले इजरायल र प्यालेस्टाइनबीच भइरहेको संघर्षका कारण परेको असरका बारेमा कारुणिक कुरा गरेको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । 

उनले आँखाभरि आँसु ल्याउँदै गरेको एकालापले धेरैजनालाई स्तब्ध पारेको छ । 

पछि उनले रुसको आरटीसँग कुरा गर्दै आफ्नो पीडा थप व्यक्त गरिन् । ‘दिनदिनै, राति र साँझ पनि हामी क्षेप्यास्त्र विस्फोटको आवाज सुन्न बाध्य छौं । बिहान हामी मानिस रोएको र कराएको सुन्छौं,’ उनले भनिन् । 

आक्रमण शुरू भएपछि उनको परिवारले घरको प्यासेजमा दुईवटा डसना राखेर बस्ने गरेको छ । झ्याल र ढोकाबाट सकेसम्म टाढा उनीहरू बस्ने गरेका छन् । 

राति कोही पनि सुत्न सक्दैन । सुत्न खोज्दा क्षेप्यास्त्र र बालबालिका रोएको आवाज मात्र सुनिन्छ । टाउकोमा सिरानीले थिचेर आफू पल्टिने गरेको उनी बताउँछिन् । 
 

नडाइन साथीहरूसँग सडकमा खेल्न पाएकी छैनन् किनकि कुनै पनि बेलामा क्षेप्यास्त्र आइपुग्न सक्छ । बाहिर जाँदा सडकभरि मान्छे लडेको मात्र देखिने भएकाले उनलाई घरबाहिर निस्कन पनि मन लागेको छैन । 

आफू ठूलो भएर चिकित्सक बन्न र मानिसहरूको सहयोग गर्न चाहेको तर अहिले पढाइ पनि अवरोध भएको उनको गुनासो छ । म दिनभरि रोएर बस्ने गरेकी छु, उनी भन्छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्