१० साउन २०८३, आइतबार

चीन र रुसबीच सम्बन्ध झनै बलियो, विश्व राजनीतिमा व्यापक असर पर्ने संकेत

जेठ ६, २०७८
चीन र रुसबीच सम्बन्ध झनै बलियो, विश्व राजनीतिमा व्यापक असर पर्ने संकेत

चीनका राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनले भिडियो लिंकमार्फत चीनमा रुसी प्रविधियुक्त थर्ड जेनेरेसन चारवटा न्युक्लीयर रियाक्टरको आरम्भ गरेका छन् । 
 

पर्यवेक्षकहरूका अनुसार, यी चार नयाँ न्युक्लीयर रियाक्टर दुई देशबीचको ऊर्जा परियोजनाको सबभन्दा ठूलो साझेदारी हो । यसलाई आणविक ऊर्जा सहयोगमा कोशेढुंगा मानिएको छ । 

चिनियाँ विशेषज्ञहरूले ग्लोबल टाइम्ससँग कुरा गर्दै ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा दुई देशबीचको यो रणनीतिक साझेदारी भएको बताए । 

दुवै देश संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । त्यसैले दुवैजनाबीचको निकटता महत्त्वपूर्ण छ । 

पुटिनले यी आणविक प्लान्टहरू शक्तिशाली र आधुनिक भएको र संयुक्त प्रयासको यो उम्दा उदाहरण भएको बताए । 

चीनसँग मिलेर थप पावर प्लान्ट बनाउने पनि उनको भनाइ छ । 

पुटिनले थपे, ‘रुस र चीनको साझेदारी पारस्परिक विश्वासका साथै राजनीतिक मामिला, व्यापार, अर्थतन्त्र, संस्कृति र मानवीय सहयोगमा पूर्ण सफल छ । रुस र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा सबभन्दा उचाइमा पुगेको हामी भन्न सक्छौं ।’

चीन र रुस यसरी रणनीतिक रूपमै नजिकिएपछि युरेसिया क्षेत्रको उदय हुने र अमेरिकाले यस क्षेत्रमा चलखेल गर्न नपाउने भएकाले विश्व राजनीतिमै दीर्घकालीन असर पर्ने विश्लेषकहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्