०६ असार २०८३, शनिबार

शोकमा सान्त्वना दिनेलाई केडिया अर्गनाइजेसन परिवारले दियो धन्यवाद !

शोकमा सान्त्वना दिनेलाई केडिया अर्गनाइजेसन परिवारले दियो धन्यवाद !

कोरोना महामारीको दोस्रो लहरमा केडिया अर्गनाइजेसन परिवारका २ जना सदस्यलाई गुमाउनु पर्दाको शोकमा सान्त्वना दिनेलाई धन्यवाद ज्ञापन गरिएको छ ।

केडिया अर्गनाइजेसन परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा शोकको बेला प्राप्त सद्भावपछि थप जिम्मेवारीबोध गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कोरोनाको दोस्रो लहरमा केडिया अर्गनाइजेसन परिवारका अभिभावक ७२ वर्षीय विश्वनाथ केडिया र छोरा २१ वर्षीय प्रधुम्न केडियाको निधन भएको विज्ञप्तिमा जनाइएको छ ।

परिवारका सदस्यको निधन परिवारका लागि इतिहासकै सबैभन्दा कहालीलाग्दो घटना सावित भएको विज्ञप्तिमा उल्लेख छ 

प्रेस विज्ञप्ति 

दैवको लिला कसको के लाग्दो रेछ र ? विश्व महामारीको रुपमा रहेको कोरोनाको दोस्रो लहरले नेपालकै पुरानो औद्योगिक घराना ‘केडिया अर्गनाइजेसन’ हाम्रो परिवारमा ठूलो बज्रपात पर्न गयो । २०७८ साल बैशाख २८ गते हाम्रो परिवारका अग्रज सबैका आदरणीय अभिभावक विश्वनाथ केडिया वर्ष ७२ र हाम्रो परिवारको प्यारो सन्तान छोरा प्रधुम्न केडियालाई हामीले २१ वर्षको कलिलो उमेरमा गुमाउनु पर्यो। हाम्रो परिवारको लागि यो इतिहासकै सबैभन्दा कहालीलाग्दो घटना सावित भयो । जीवनमा भुल्न नसक्ने यो दुःखद् घडीमा हाम्रो परिवारमा प्रत्यक्ष, अप्रत्यक्ष, विभिन्न माध्यमबाट साथ सहयोग गरी हामीलाई सान्त्वना दिई धैर्य धारण गर्न प्रेरणा दिनुहुने सबैमा विशेष धन्यवाद दिन चाहन्छौं । यहाँहरू सबैको साथ सहयोग र सद्भावको सदा अपेक्षा गर्दै आगामी दिन देश, समाज, परिवार, नातागोता, इष्टमित्र, आफन्तजनप्रति थप जिम्मेवारीबोध गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

केडिया अर्गनाइजेसन परिवार

salt training

कमेन्ट गर्नुहोस्