१२ असार २०८३, शुक्रबार

प्रचण्डको सचिवालयले भन्यो– नाटकीय ढंगमा २४ घण्टाभित्र प्रधानमन्त्री बन्ने आउ भन्नु संविधान विपरित

प्रचण्डको सचिवालयले भन्यो– नाटकीय ढंगमा २४ घण्टाभित्र प्रधानमन्त्री बन्ने आउ भन्नु संविधान विपरित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले २४ घण्टा भित्र प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान बिपरित भएको प्रतिक्रिया जनाएको छ । 
प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै नाटकीय ढंगले २४ घण्टामा प्रधानमन्त्री बन्न आउ भन्नु संविधान विपरित भएको दावी गरेकी हुन् । 

‘नाटकीय ढंगमा २४ घण्टा भित्र प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान बिपरित  छ जब कि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो।देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बना’ गंगाले ट्वीटरमा लेखेकी छिन् । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साझ सम्मको समय दिएर उपधारा ५ अनुसार सरकार गठनका लागि बिहीवार आग्रह गरेकी छन् । राष्ट्रपतिको आव्हानलाई लिएर नेपाली कांग्रेसले असंवैधानिक कदम भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्