
राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् "प्रत्येक नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्छ। नागरिकता पाउनबाट कुनैपनि नेपाली बंचित हुनुहुँदैन। खुला सिमा/खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्नुहुन्न। वंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।"