२३ जेठ २०८३, शनिबार

धारा ७६ (५) बाटै निकास दिऔंः बाबुराम

धारा ७६ (५) बाटै निकास दिऔंः बाबुराम

पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले धारा७६ (५) बाटै निकास  दिन अपील गरेका छन् । राष्ट्रपतिले आह्वान गरेको नयाँ सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्र र संविधानमाथिको आक्रमण रोक्न सबैले दलीय तथा निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ त्यहीअनुसा  धारा७६ (५) बाटै निकास दिनुपर्ने बताएका हुन् ।  । 

उनले ट्वीटरमार्फत राष्ट्रपति र प्रधानमन्त्रीलाई खुराफात शीरोमणिको संज्ञा दिँदै कटाक्ष समेत गरेका छन् । 
‘खुराफात शीरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डितरपरास्त गरौं।सबैले दलीय–निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा ७६ (५)बाटै निकास दिऊँ !, भट्टराईले ट्वीटरमा भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्