०५ साउन २०८३, मंगलबार

गगन थापाले भने, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं

गगन थापाले भने, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाभियोग लगाऔं

काँग्रेस नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने बताएका छन् । यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल नयाँ सरकार बनाएर बिदा गरिनुपर्नेमा जोड दिए । 

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ? गनगन गरेर नबसौं’, थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।’
राष्ट्रपतिले प्रधानमन्त्रीले राजीनामा नदिइकन ७६(५) अनुसार सरकार बनाउन आह्वान गरेपछि विपक्षी र संविधानविद् समेतले आलोचना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्