०९ असार २०८३, मंगलबार

विराटनगरबाट हुण्डी कारोवारका अभियुक्त पक्राउ

जेठ ६, २०७८
विराटनगरबाट हुण्डी कारोवारका अभियुक्त पक्राउ

हुण्डी कारोवार  गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र  मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् । 
 
निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्