२३ जेठ २०८३, शनिबार

वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसम विभागको अपिल

वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसम विभागको अपिल

नेपालको पश्चिमी भूभागमा भएको वर्षाका कारण केही नदीमा वहाव बढ्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले आह्वान गरेको छ । 

डडेलधुराको रंघुन पन्तुरागाड नदीजलाधारमा पछिल्लो १२ घन्टामा भारी वर्षामापन भएको विभागले शुक्रवार बिहान जनाएको छ । 

विभागले सो क्षेत्रमा थप वर्षा हुने देखिएको भन्दै रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा मध्यान्हसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

सामुद्रिक आँधीको प्रभा विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा वर्षाको कारण सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भुभाग भई बहने ससाना नदीमा पानीको बहाब बढ्ने भन्दै सतर्कताका लागि मौसम विभागले आह्वान गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्