
एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ ।
उक्त ऋणपत्र जेठ २ गते, आइतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।
हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गर्ने सबैमा धन्यवाद दिएको छ ।
अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरुको प्रयोग गर्नुहुन, सुरक्षा सम्बन्धि नियम पालना गरी आफु र आफ्नो परिवारलाई यस महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्नुहुन समेत बैंकले अनुरोध गरेको छ ।