
नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।
हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ क्यापिटलले अनलाईन मार्फत एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरि unit purchase भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ ।
हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।