
पार्टीभित्रको विवाद मिलाउन गठित एमाले कार्यदल बैठक बिहीबार बस्न सकेन । बुधबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
राष्ट्रिय सभा सदस्य उपननिर्वाचनमा पार्टीभित्रै दुई समूह देखिएपछि विवाद समाधानका लागि गठित कार्यदल बैठक अन्योलमा परेको हो ।
एमाले नेता एवं कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बैठक विशेष कारण बिहीबार बस्न नसकेको बताए । बैठक शुक्रबार दिउँसो बस्ने उनले जानकारी दिए ।
एमाले नेता एवं कार्यदलका अर्का सदस्य रघुजी पन्तले अन्य सदस्य व्यस्त भएकाले बैठक शुक्रबारका लागि सारिएको प्रस्ट पारे । आज बैठक बसेर पार्टी एकता विषयमा छलफल हुने उनको कथन छ । राजधानी दैनिकमा खबर छ ।