३१ जेठ २०८३, आइतबार

अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

जेठ ७, २०७८
अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरे।

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए।

सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । नगरपालिकालाई उपलब्ध गराइएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्