जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निकट सांसदहरूको बैठक शुक्रवार बिहान बस्दैछ ।
महन्थ ठाकुर निकट रहेका सांसदहरूलाई पार्टी कार्यालयमा १० बजे बोलाइएको हो ।
सांसदहरू अहिले पार्टी कार्यालय बबरमहलमा भेला भइरहेका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत सरकार गठनका लागि आज बेलुका ५ बजे सम्मको समय दिएकाले सांसदहरूलाई बैठकका लागि बोलाइएको जसपाका एक सांसदले बताए।
‘संसदीय दलको बैठक नै भन्नु भन्दा पनि सांसदहरूलाई अहिलेको परिस्थितिमा छलफल गर्नका लागि बोलाइएको हो,’ ती सांसदले भने। ठाकुर सँग २१ जना सांसद रहेको दावी गरिएको छ।