×

NMB BANK
NIC ASIA

धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न ७ घण्टा बाँकी, राष्ट्रपतिको आह्वानपछि दलहरू छलफलमा

जेठ ७, २०७८

NTC
Premier Steels

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय शुक्रवार साँझ सकिँदैछ । शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर राष्ट्रपति भण्डारीले बिहीवार धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आउन प्रतिनिधि सभाका सदस्यहरूलाई आग्रह गरेकी थिइन् ।

Muktinath Bank

संविधानको धारा ७६ को ५ मा प्रतिनिधि सभाको कुनै सदस्यले आफूलाई बहुमत सदस्यको विश्वास छ भनेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि आग्रह गर्न सक्ने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले विश्वासको मत या राजीनामा नगरी नयाँ प्रक्रिया आह्वान गरेको भनेर विरोध गरेका दलहरू छलफलमा जुटेका हुन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाएको छ । 

Vianet communication

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टीका नेता र अन्य दलका नेतासँग परामर्श गरिरहेका छन् ।

माओवादीले प्रधानमन्त्रीले राजीनामा या विश्वासको मत फेस नगरी नयाँ धारामा जान नमिल्ने बताएको छ । 

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपा पनि आन्तरिक छलफलमा छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरू अहिले छलफलमा जुट्दै छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दह्रो साथ दिएको जसपाको ठाकुर र महतो पक्षले हिजै बालुवाटारमा गएर अन्य दलसँग गठबन्धन नगर्ने बताइसकेको छ ।

प्रधानमन्त्रीले संसद् फेस या राजीनामा नगरी नयाँ प्रक्रिया शुरू गरेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपनि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भन्नु नै पद त्याग गरेको हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले भनेका छन्, ‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x