२३ जेठ २०८३, शनिबार

पञ्जाबमा भारतीय वायुसेनाको मिग-२१ दुर्घटनाग्रस्त, विमानचालकको मृत्यु

जेठ ७, २०७८
पञ्जाबमा भारतीय वायुसेनाको मिग-२१ दुर्घटनाग्रस्त, विमानचालकको मृत्यु

भारतको पञ्जाबस्थित मोगामा शुक्रवार बिहान १ बजे लडाकू जहाज मिग २१ दुर्घटनाग्रस्त भएको छ । 

प्रशिक्षणमा रहेका पाइलट अभिनवले राजस्थानको सूरतगढबाट मिग-२१ उडाएका थिए । लगत्तै विमान क्य्राश भएको थियो । 

बिहानीपख अभिनवको शव बरामद गरिएको छ । 

दुर्घटनाको अनुसन्धानको आदेश दिइएको छ । 

भारतीय वायुसेनाका अधिकारीहरूले मोगाको बाघापुरानामा विमानको भग्नावशेष भेटिएको हो । 

कुनै समयमा मिग-२१ विमान भारतीय वायुसेनाको मेरुदण्ड मानिन्थ्यो । यसको चारवटा स्क्वाड्रन मात्र बाँकी छ । यी विमानहरूको रेखदेख र अप्ग्रेड गरिएपनि यिनीहरू युद्ध र उडान दुवैका लागि फिट छैनन् । 
 

मिगका पाइलटहरूले लगातार ज्यान गुमाइरहेका छन् । यिनीहरूलाई हटाउने बेला आएको विज्ञहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्