०२ असार २०८३, मंगलबार

कोभिडका कारण भारतका चिप्को आन्दोलन अभियन्ता सुन्दरलाल बहुगुणाको मृत्यु

जेठ ७, २०७८
कोभिडका कारण भारतका चिप्को आन्दोलन अभियन्ता सुन्दरलाल बहुगुणाको मृत्यु

भारतमा चिप्को आन्दोलन चलाएका प्रख्यात वातावरण अभियन्ता सुन्दरलाल बहुगुणाको शुक्रवार देहान्त भएको छ । 

कोभिड संक्रमण भएर ऋषिकेशस्थित एम्समा उनी भर्ना भएका थिए । 

उत्तराखण्डको टिहरीमा सन् १९२७ मा जन्मेका बहुगुणा हिमालय क्षेत्रमा वनजंगल संरक्षणका लागि निरन्तर लड्दै आएका थिए । 

सन् १९७० को दशकमा उनले पत्नीसँग मिलेर चिप्को आन्दोलन चलाएका थिए । रुखमा चिपिक्क टाँसिएर रुख काट्न नदिने यो आन्दोलन निकै सफल भएको थियो । 
 

बहुगुणाले हिमालय क्षेत्रमा ५ हजार किलोमिटर लामो यात्रा गरेर चिप्को आन्दोलनप्रति जागरुकता फैलाएका थिए । सन् १९८१ देखि १९८३ सम्म उनले यो यात्रा गरेका थिए । त्यसक्रममा उनी गाउँगाउँ पुगेका थिए । 

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग उनको भेटघाटपछि गान्धीले हरिया रुख काट्न १५ वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय लिएकी थिइन् । 

पछि सन् १९८० को दशकमा उनले टिहरी बाँधको विरोध अभियानको नेतृत्व गरेका थिए । उनी र उनका सहयोगीहरूले विशाल बाँधविरुद्ध लगायतका वातावरणीय विषयमा अभियान चलाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्