२८ जेठ २०८३, बिहीबार

भरतपुरमा ९० मत च्यातिएको भेटियो, अब के होला ?

कात्तिक २०, २०७४
भरतपुरमा ९० मत च्यातिएको भेटियो, अब के होला ?

चितवन, १८ जेठ — भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा ९० मत च्यातिएको भेटिएको छ । निर्वाचन आयोग, विभिन्न दलका प्रतिनिधि तथा सुरक्षाकर्मीको समुहले विहीवार निरिक्षण गर्दा यस्तो भेटिएको राप्रपाका नेता बद्री तिमल्सिनाले बताए ।

भरतपुरमा मतगणनाको क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित भएको थियो । बुधवार निर्वाचन आयोगले च्यातिएका मत पत्रको बारेमा जानकारी गराउनको लागि आदेश दिएको थियो ।

अब निर्वाचन अधिकृतले च्यातिएको मत पत्रको जानकारी निर्वाचन आयोगलाई पठाउने छ । यो विषयमा अब निर्वाचन आयोगले नै अन्तिम टुंगो लगाउने छ ।

दलका प्रतिनिधिहरुले अब निर्वाचन आयोगले गर्ने निर्णय नै आफुहरुलाई मान्य हुने बताएका छन् ।

भरतपुरमा मतपत्र च्यात्ने दुई जना रिहा

salt training

कमेन्ट गर्नुहोस्