३१ जेठ २०८३, आइतबार
विपक्षीको कसरत

माधव नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेता पनि पुगे

माधव नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेता पनि पुगे

सिंहदरबारस्थित संसद् सचिवालयमा जारी माधव नेपाल पक्षका सांसदहरूको भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि सहभागी भएका छन् । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ भर्खरै नेता नेपाल पक्षीय सांसदको भेलामा पुगेका छन् । 

जसपाको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इश्तियाक राई पनि बैठक स्थलमा देखिएका छन् ।

नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेताहरू सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले सामूहिक राजीनामाबारे छलफल चलिरहेको बताएकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्