०९ असार २०८३, मंगलबार

पछिल्लो २४ घन्टामा थप १ सय ७७ जना संक्रमितको मृत्यु, थपिए ८ हजार ६०७ संक्रमित

पछिल्लो २४ घन्टामा थप १ सय ७७ जना संक्रमितको मृत्यु, थपिए ८ हजार ६०७ संक्रमित

पछिल्लो २४ घन्टामा  मुलुकभर ८ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

२३ हजार २ सय २६ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस दिन १ सय ७७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ। 

शुक्रवार मात्रै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्