२४ जेठ २०८३, आइतबार

सेभ द चिल्ड्रेनले गर्‍यो ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

जेठ ७, २०७८
सेभ द चिल्ड्रेनले गर्‍यो ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
प्रतिकात्मक तस्वीर

कर्णाली प्रदेश सरकारलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसकारी संस्था सेभ द चिल्ड्रेनले ४८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शुक्रवार संस्थाका प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले १ हजार ३०० पीपीई सेट, १ हजार ७५० भीटीएम, ६ हजार  सर्जिकल मास्क लगायत सामग्री हस्तान्तरण गरे । 

मुख्यमन्त्री शाहीले संकटको समयमा सबैको सहयोगको खाँचो रहेको बताए । उनले भने, ‘कोभिड नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो छ । विपद्सँग सामना गर्न र मानवीय जीवन सुरक्षाका लागि सबैको साझा भूमिका आवश्यक छ ।’

कोरोनाका उच्च जोखिम मानिएका दैलेख, कालीकोट, जाजरकोट र सुर्खेतलाई ती सामग्री प्रदान गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्