२४ जेठ २०८३, आइतबार

मुख्यमन्त्री गुरुङले सम्हाले स्वास्थ्य मन्त्रालयको कार्यभार

जेठ ७, २०७८
मुख्यमन्त्री गुरुङले सम्हाले स्वास्थ्य मन्त्रालयको कार्यभार
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ ।

पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र  भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्