
काठमाडौं, १३ पुस–नेकपा माओवादी केन्द्रले संशोधन प्रस्ताव र चुनावलाई सगसँगै अघि बढाने निर्णय गरेको छ ।
माओवादी हेडक्वार्टर बैठकले स्थानीय निकायको चुनाव पुरानो संरचनामा नभई नयाँ संरचनामा गर्न जोड दिएको छ ।
उसले प्रमुख विपक्षी नेकपा एमाले र मधेसीमोर्चासँग छलफल गरेर एक साताभित्र स्थानीय तहको चुनाव घोषणा गर्ने माओवादीले निर्णय गरेको छ । मोर्चाले चुनावभन्दा पहिले संविधान संशोधन गर्नुपर्ने बताउदै आएको बेला सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।
यसअघि हिजो कांग्रेसले मोर्चासँगको बैठकमा पनि चुनावलाई प्राथमिकता दिनुपर्ने बताएको थियो ।