०५ साउन २०८३, मंगलबार

यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाको विघटन गत पुस ५ बाट शुरु भएको अलोकतान्त्रिक हर्कतको कडी नै भएको बताएका छन् । 

शनिवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म भएको समेत टिप्पणी गरेका छन् । 

उनले कुनै मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो। एकजुट होऊँ;प्रतिवाद गरौं!


salt training

कमेन्ट गर्नुहोस्