२८ जेठ २०८३, बिहीबार

अपहरणमा परेकी भनिएकी दुबईकी राजकुमारीको तस्वीर सार्वजनिक

जेठ ९, २०७८
अपहरणमा परेकी भनिएकी दुबईकी राजकुमारीको तस्वीर सार्वजनिक

दुबईकी राजकुमारी लतिफा अल मक्तुम सार्वजनिक स्थानमा तीन वर्षमा पहिलोपटक देखिएकी छन् । 

उनले रेकर्ड गरेको स्तब्ध बनाउने भिडियो सार्वजनिक भएको तीन महिनापछि उनी शपिङ मलमा साथीहरूसँग देखिएकी हुन् । 

संयुक्त राष्ट्रसंघले समर्थन गरेका अभियन्ताहरूले लतिफा जिउँदै छिन् भन्ने प्रमाण प्रस्तुत गर्नका लागि माग गरेपछि दुबईका अधिकारीहरूले तस्वीर सार्वजनिक गर्न दिएका हुन् । 

अभियन्ताहरूले यो कदम अत्यन्तै महत्त्वपूर्ण भएको र यसपछि उनलाई युएई छोड्न अनुमति दिइने आशा गरिएको बताए । 
 

लतिफाका साथीहरूले यो तस्वीर सही भएको र दबाबमा पारेर नलिइएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्