भारतको असम र नागाल्यान्ड सीमा नजिक पश्चिम कार्बी आङलोङ जिल्लामा सुरक्षाकर्मीहरूसँगको भिडन्तमा आइतवार दिमासा नेसनल लिबरेसन आर्मीका ६ जना उग्रवादीहरूको मृत्यु भएको छ ।
अतिरिक्त प्रहरी अधीक्षक प्रकाश सोनोवालको नेतृत्वमा प्रहरी अधिकारी र असम राइफल्सका जवानहरूको टोलीले गोप्य सूचनाका आधारमा जिल्लामा संयुक्त कारवाही चलाएका छन् ।
त्यसैका क्रममा सुरक्षाकर्मी र उग्रवादीहरूको भिडन्त भएको थियो ।
मारिएका ६ जना उग्रवादीहरूबाट चारवटा एके–४७ राइफल र गोलाबारुद बरामद गरिएको छ ।
मिचिबैलुङ क्षेत्रमा खोज अभियान जारी रहेको बताइएको छ ।