०६ असार २०८३, शनिबार

आईपीएलका बाँकी खेल यूएईमा गर्ने सहमति, छिट्टै घोषणा गरिने

जेठ ९, २०७८
आईपीएलका बाँकी खेल यूएईमा गर्ने सहमति, छिट्टै घोषणा गरिने

इन्डियन प्रिमियर लीग (आईपीएल) का बाँकी खेलहरू संयुक्त अरब अमिरात (यूएई) मा खेलिने सहमति बनेको छ । 

सेप्टेम्बर र अक्टोबरबीचमा यी खेलहरू खेलिनेछन् । 

यसको आधिकारिक घोषणा बीसीसीआईले गरिसकेको भने छैन । तर भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै यूएईमा पहिले पनि आईपीएल गराइएकाले त्यहीँ नै खेल आयोजना गरिने प्रबल सम्भावना रहेको खबर दिएका छन् । 

यस विषयमा अन्तिम निर्णय लिनका लागि बीसीसीआईले शनिवार बैठक गर्ने भएको छ । त्यसमा नयाँ भेन्यु र मितिको घोषणा गरिनेछ । 
 

इंग्ल्यान्ड र भारतबीच अगस्ट ४ देखि चारवटा टेस्ट म्याचको शृंखला शुरू हुँदैछ । दोस्रो र तेस्रो टेस्टमा नौ दिनको अन्तर छ । त्यस ग्यापलाई घटाएर चार दिनमा झार्ने हो भने आईपीएलका लागि बढी दिन उपलब्ध हुनेछ । 
 

इंग्ल्यान्ड क्रिकेट बोर्ड र बीसीसीआईले यस विषयमा सहमति गर्ने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्