काठमाडौं, १३ पुस- तीज जना एसएसपीहरु डिआइजीमा बढुवा भएका छन् । गृह मन्त्रालयले एसएसपीहरु गणेश केसी, केदारमान सिंह र रमेश भट्टराईलाई डिआइजीमा बढुवा गरेको हो । त्यस्तै प्रहरी अस्पताल तर्फ ८ जना एसपी एसएसपीमा बढुवा भएका छन् ।
त्यस्तै १५ डिएसपी एसपीमा बढुवा भएका छन् । हस्पीटल तर्फ ११ डिएसपीको एसपीमा बढुवा भएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय भएको हो ।