
नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ मधेशमा मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ ।
गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोे खुशियाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।