२८ असार २०८३, आइतबार

के छ राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा ? (पूर्ण पाठसहित)

के छ राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा ? (पूर्ण पाठसहित)

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन् । नेपाल नागरिकता ऐन, २०६३ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको तर हाल संघीय संसद नरहेकाले अध्यादेश ल्याउनु परेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । 

अध्यादेशमा २०७२ साल असोज ३ अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरिएको छ । 

यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरिएको छ । 
तर नागरिकता प्राप्त गरेका बाबु विदेशी रहेको ठहरेमा भने त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम हुने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा सो नागरिकतालाई अंगीकृतमा परिणत गरिने उल्लेख छ । 

यस्तै गलत विवरण दिएमा वा स्वघोषणा गरेमा ३ वर्षसम्म जेल वा ३ लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था समेत अध्यादेशमा रहेको छ । 
यो अध्यादेशलाई लिएर समर्थन र विरोधका मिश्रित आवाजहरू उठिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्