२४ जेठ २०८३, आइतबार

मौसम विभागले भन्यो–बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा समेत असर पर्ने सम्भावना

मौसम विभागले भन्यो–बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा समेत असर पर्ने सम्भावना

हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबारसम्ममा शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको जल तथा मौसम विभागले जनाएको छ । विभागले सोमबार एक विशेष बुलेटिन जारी गरेर उक्त चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ । 

‘सो प्रणालीका कारण  मंगलबारअपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ’, विभागले भनेको छ, ‘तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ।’

देशका धेरै स्थानहरुमा बुधबार बाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको  सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहीरूलाई सतर्क रहन विभागले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्