०४ असार २०८३, बिहीबार

केरलका वामपन्थी मुख्यमन्त्री हिँडे मोदीको बाटोमा !

जेठ १०, २०७८
केरलका वामपन्थी मुख्यमन्त्री हिँडे मोदीको बाटोमा !

भारतको केरल राज्यका मुख्यमन्त्री पिनारायी विजयन प्रधानमन्त्री नरेन्द्र मोदीको बाटोमा हिँड्न थालेको विश्लेषण भइरहेको छ । 

त्यसो त उनलाई धोती लगाउने मोदी भनिने गरिन्छ किनकि उनको पनि निरंकुश शैली छ र फरक आवाजलाई उनी सहन सक्दैनन् । दोस्रोपटक कार्यकाल चलाउन लाग्दा विजयनले मोदीकै शासनशैली अपनाउन थालेको देखिन्छ । 

उनले गत साता मन्त्री छानेर तिनलाई मन्त्रालय दिँदा मोदीकै जस्तो शैली स्पष्ट देखियो । उनले आफैं सबै महत्त्वपूर्ण नीतिगत निर्णय लिने भएका छन् र २७ वटा विभाग पनि सम्हाल्ने भएका छन् । 

यसको अर्थ हुन्छ, केरल सरकारले मुख्यमन्त्रीको स्वीकृतिविना कुनै पनि नीतिगत निर्णय दिन सक्दैन । सबै मन्त्रीहरू कठपुतली हुनेछन् र विजयनले तिनलाई चलाउँछन् । यो सीधै मोदीको शैली हो । 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेपछि मोदीले सबै महत्त्वपूर्ण नीतिमा निर्णय आफैं लिने र अन्य पोर्टफोलियो पनि लिने काम गरेका छन् । उनका मन्त्रीहरूलाई नीतिनिर्माणमा प्रतीकात्मक भूमिका मात्र रहेको थाहा भयो । 
 

विजयनको नियन्त्रणमा रहेको कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) सचिवालयले मन्त्रीहरूका निजी सचिव पनि दलले नियुक्त गर्ने निर्णय लिएको छ । सन् २०१४ मा मोदीले यसै गरेका थिए । 

विगतको युनाइटेड प्रोग्रेसिभ अलायन्समा रहेका मन्त्रीको निजी सचिवालयमा काम गरेकालाई नयाँ सरकारमा स्थान नदिने मोदीको नीति थियो । प्रशासनिक आवश्यकताका कारण यसो गरिएको भनिएको थियो । 
 

विजयनले यही मोडल आफ्नो सरकारमा लागू गर्न खोजेका छन् । यसपछाडिको तर्क सरल छ : मन्त्रीहरूलाई उनीहरूको निजी कर्मचारीमार्फत निगरानीमा राख्ने । सन् २०१६ को डिसेम्बर महिनामा उनले ती कर्मचारीहरूको बैठक आयोजना गरेका थिए र त्यसले मन्त्रीहरूलाई पीडा पारेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्