०१ असार २०८३, सोमबार

सामोआकी नवनिर्वाचित प्रधानमन्त्रीलाई दिलाइयो पदको शपथ

जेठ १०, २०७८
सामोआकी नवनिर्वाचित प्रधानमन्त्रीलाई दिलाइयो पदको शपथ

सामोआकी फियामे नाओमी माताफालाई देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सोमवार शपथ दिलाइएको छ । 

उनको फातुआतुआ इ ले आतुवा सामोआ उआ तासी (फास्ट) दलले पहिलोपटक सरकार बनाएको छ । 

पराजित पार्टीको सरकारले शक्ति हस्तान्तरण गर्न नमानेपछि फियामेलाई एउटा टेन्टमुनि संसद् बनाएर शपथग्रहण गराइएको थियो । 

संसद् भवनको ढोकामा ताल्चा लगाइएको छ र पुरानो सरकारका प्रधानमन्त्रीले सर्वोच्च अदालतको आदेश मान्न अस्वीकार गरेका छन् । 

गतिरोधको स्थिति आएपछि फास्टले आफ्नै शपथग्रहण गराएको छ । पूर्व महान्यायाधिवक्ता ताउलापापा ब्रेन्डा हेदर–लाटुले व्यवस्थापिकाको कर्मचारीको काम गर्दै शपथ दिलाएकी छन् । 
 

फियामेले संसद् भवन र अदालत भवनको बीचमा रहेको भागमा शपथ लिएकी हुन् । 

नननिर्वाचित सांसदहरूको नाम पढेर सुनाइएको थियो । लियो पापाली मासिपाउ संसद्का नयाँ सभामुख बनेका छन् । 

विश्लेषकहरूले देशमा रक्तपातविहीन कू गर्न लागिएको र अपदस्थ सरकारले फियामे र फास्टलाई देशद्रोहको आरोप लगाउने सम्भावना रहेको चेतावनी दिएका छन् । 

यो पनि पढ्नुहोस् :

सामोआ : महिला प्रधानमन्त्री भएको देखिनसहेर बहालवाला सरकारले रोक्यो शपथग्रहण

salt training

कमेन्ट गर्नुहोस्