०१ असार २०८३, सोमबार

जंगली च्याउ खाँदा १ जनाको मृत्यु

जेठ १०, २०७८
जंगली च्याउ खाँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

संखुवासभाको खाँदबारी नगरपालिका–४ मा जंगली च्याउ खाँदा १ व्यक्तिको मृत्यु भएको छ ।

च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नम्बर ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतवार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए ।

गत बिहीवार जंगलबाट ल्याएको च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिका समेत बिरामी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्