अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग हात मिलाएपछि आफ्नो हात कोटमा पुछेकी छन् ।
ह्यारिसले मूनलाई शुक्रवार भेटेकी थिइन् ।
मून र ह्यारिसको संयुक्त पत्रकार सम्मेलनको अन्त्यपछि ह्यारिसले हात मिलाएर कोटमा पुछेको भिडियो भाइरल भएको छ ।
यसप्रति टिप्पणी गर्दै एक प्रयोगकर्ताले लेखे, ‘यी अमेरिकाकी उपराष्ट्रपति हुन् ? उनले अपमानजनक व्यवहार गरेको मात्र नभई उनको ठाउँमा रिपब्लिकन हुन्थ्यो भने यसलाई जातिभेदी व्यवहार भनिन्थ्यो र व्यापक समाचार आउँथ्यो । दोहोरो मापदण्ड स्पष्ट छ ।’
तर अन्यले महामारी कायम नै रहेको बेलामा यस्तो घटना हुनु स्वाभाविक रहेको बताए ।
ह्यारिसले कोभिड–१९ विरुद्ध दुवै डोज लगाएकी छन् । गत जनवरी महिनामा उनले मोडर्ना खोपको दोस्रो डोज लगाएकी हुन् ।