२५ असार २०८३, बिहीबार

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम हालसम्मकै उच्च

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम हालसम्मकै उच्च

साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । 

यस दिन १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन हालसम्मकै उच्च हो ।

यस दिन २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन नेप्से सूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ जुन हालसम्मकै उच्च विन्दु हो। सोमवार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ।

सोमवार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने यसनाइटेड इदि मर्दीको ९.८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.८७ प्रतिशत र ग्रिन डेभलपमन्ट बैंकको ९.४५ प्रतिशतले बढेको छ।

यता एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सबैभन्दा धेरै ४.४७ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ४.३७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४.१३ प्रतिशत, मिथिला लघुवित्तको ३.९६ प्रतिशत र सिन्दु विकास बैंकको ३.९६ प्रतिशतले घटेको छ।

सोमवार जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै १ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेको इन्स्योरेन्सको ३७ करोड ३२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख रुपैयाँ,आइएमई जनरल इन्स्योरेन्सको २५ करोड ७० लाख रुपैयाँ र सुर्या लाइफ इनस्योरेन्सको २४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

salt training

कमेन्ट गर्नुहोस्