२३ जेठ २०८३, शनिबार
कोरोना अपडेट

कोरोनाले थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

कोरोनाले थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । कूल २० हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्मका कूल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । जसमध्ये ३ लाख ९८ हजार ४८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ७६.६% रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १३५ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्