०२ असार २०८३, मंगलबार

वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छ : मन्त्री श्रेष्ठ

जेठ १०, २०७८
वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन् ।

सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै सोमवार उनले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसइई र १२ कक्षाको परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताए ।

संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । 

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र नयाँनयाँ योजना आउनसक्ने बताए । उनले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिऐ ।

परम्परागत शिक्षा अहिलको आवश्यकता नभएको भन्दै उनले प्रयोगात्मक र प्रविधिययुक्त शिक्षाको आवश्यकता औंल्याए ।

salt training

कमेन्ट गर्नुहोस्