१६ असार २०८३, मंगलबार

बैंक तथा वित्तीय संस्था सञ्चालनमा राष्ट्र बैंकको कडाइ

जेठ १०, २०७८
बैंक तथा वित्तीय संस्था सञ्चालनमा राष्ट्र बैंकको कडाइ

यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमवार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ ।  

कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भीडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सूचना अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा ३, विकास बैंकले २ र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ ।

ललितपुरमा वाणिज्य बैंकले २, भक्तपुरमा १ तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा १/१ शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेबसाइटमा दैनिक प्रकाशन गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्