०४ असार २०८३, बिहीबार

माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु

जेठ १०, २०७८
माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए । 
   घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पु¥याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे । भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्