१० साउन २०८३, आइतबार

एमालेको निर्णयपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा

एमालेको निर्णयपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा

एमालेको आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै माओवादी नेतृत्वको सरकार संकटमा परेको छ  

सुदूरपश्चिममा माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।  प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । 

यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ ।

 कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका  दुई सदस्य छन् । तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ ।

 माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा  प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले  एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।

एमालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले  आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्