०५ असार २०८३, शुक्रबार

सोती हत्याकाण्डको एक वर्षः आँखाबाट आँशुु अझै बग्न छाडेको छैन

जेठ १०, २०७८
सोती हत्याकाण्डको एक वर्षः आँखाबाट आँशुु अझै बग्न छाडेको छैन

गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले  पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै  ६ जनाको मृत्यु भएको आज एक वर्ष  भएको छ ।

पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशुु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् । 

  घटनामा संलग्नमाथि सजायँको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनलालले बताए । नवराजका साथै अन्य मृतक सञ्जु विक, गणेश बुढा र  लोकेन्द्र सुनारका बुवाआमाले छोराहरुका सम्झनामा लाखबत्ती बालेर  पूजा गरे ।   हत्यामा संलग्न अभियुक्त ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने मुनलालले बताए ।  
पीडित परिवारका सदस्यले न्यायका लागि आफूहरु चारचार पटक रुकुम जिल्ला र  उच्च अदालत सुर्खेत तथा दुई पटक सर्वोच्च अदालत पुगेको बताएका छन्  । 

पीडितले घटनाको मुख्य योजनाकार भनिएका प्रकाश मल्लसहित ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको पीडित मुनलालले बताए । 
सोती काण्डमा  संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम(पश्चिम)मा मुद्दा दायर भएको थियो । तीमध्ये २३  आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र  ११ जना तारेखमा छाडिएका छन् । अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई रु एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

 बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिकालाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो । त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढालाई पनि साधारण तारिखमै छाडेको थियो । हत्यामा संग्लग्न मानिसहरु अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशासमेत मरेको मृतक सञ्जुका बुवा बलराम विकले पीडा पोखे । 

salt training

कमेन्ट गर्नुहोस्