२५ जेठ २०८३, सोमबार

प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

जेठ ११, २०७८
प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

विपक्षी गठबन्धन आबद्ध १ सय ४६ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सोमवार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र–बाबुराम समूह, नेकपा एमालेको माधव–झलनाथ समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने र प्रतिनिधिसभा विघटन खारेज हुनुपर्ने माग गरिएको छ । संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दाबी वैधानिक रहेको भन्दै समर्थन गरेका सांसदहरू सर्वोच्च अदालतमा सशरीर हाजिर भएर रिट दर्ता गराएका हुन् ।

कांग्रेस नेता रमेश लेखकले विपक्षी पाँच दल आबद्ध १ सय ४६ सांसदहरू नागरिकतासहित सशरीर सर्वोच्च अदालतमा हाजिर भएर रिट दायर गरेको जानकारी दिए । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्