०३ साउन २०८३, आइतबार

पृथ्वीनारायण शाहलाई सम्झिँदै पूर्वमन्त्री बाँस्कोटाले भने – पार्टी भक्ति त तुहियो !

पृथ्वीनारायण शाहलाई सम्झिँदै पूर्वमन्त्री बाँस्कोटाले भने – पार्टी भक्ति त तुहियो !
फाइल फोटो

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले हाम्रो गणतन्त्रले राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र गणतन्त्रवादी हुने शिक्षा दिएको र पार्टी भक्ति तुहिएको टिप्पणी गरेका छन् ।

एमाले नभए अर्काे पार्टी खोल्ने अभियानमा लागेकाहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले थुप्रै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरूले किन पुनःस्थापनाको माग गरेको होला ? अदालतले निर्दल घोषणा गर्छ र ? तिनीहरू कुन दलका सांसदका रूपमा रहलान् ? हाम्रो गणतन्त्रले राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ । पार्टी भक्ति त तुहियो ।’ 

salt training

कमेन्ट गर्नुहोस्