०४ असार २०८३, बिहीबार

एम्बुलेन्सभित्र १०० किलो गाँजा, २ जना पक्राउ

एम्बुलेन्सभित्र १०० किलो गाँजा, २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् । 

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडिको भागमा ४ वटा झोलामा रहेको परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्