२३ जेठ २०८३, शनिबार

भोलि कांग्रेसको पदाधिकारी बैठक बस्ने

भोलि कांग्रेसको पदाधिकारी बैठक बस्ने
फाइल फोटो

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भोलि बुधबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको हो ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए ।

सभापति देउवालाई नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका बहुमत सांसदले सोमवार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन समेत कोरोना भाइरस संक्रमणको महामारी र राजनीतिक तरलताले प्रभावित हुँदै गएका बेला बैठकमा छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्