२९ असार २०८३, सोमबार

बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा भेटिएपछि

बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा भेटिएपछि

एम्बुलेन्सको काम  बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो  । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !

इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो  गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

भेडेटारबाट धरानतर्फ आइरहेको  हुडेप नेपाल लेखिएको  को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । 

उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्‍यो ।”

एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा शहीदभूमि गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले अभियुक्तले अवैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको  जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्