२३ असार २०८३, मंगलबार

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई २०७९ असार मसान्तसम्म स्प्रेड दरमा छुट

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई २०७९ असार मसान्तसम्म स्प्रेड दरमा छुट

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्म निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तरमा छुट प्रदान गर्ने भएको छ ।

यसअघि ०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले मंगलवार एक परिपत्रमार्फत एक वर्ष थप गरेको जनाएको हो । मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४.४ प्रतिशत हुनुपर्छ ।

तर, मर्जरमा जाने संस्थालाई भने ०७९ सम्म त्यो भन्दा बढी स्प्रेडदर कायम गर्ने छुट राष्ट्र बैंकले दिएको छ । यस्तो छुट सुविधा लिनका लागि ०७७ असार मसान्तसम्ममा एकीकृत कारोबार गरिसकेको हुनुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्