१४ असार २०८३, आइतबार

सन् १९५८ मा अमेरिकाले चीनमाथि आणविक आक्रमण गर्न खोजेको खुलासा

जेठ ११, २०७८
सन् १९५८ मा अमेरिकाले चीनमाथि आणविक आक्रमण गर्न खोजेको खुलासा

अमेरिकाले ताइवानको विषयमा चीनको दृष्टिकोणबाट आक्रोशित भएर सन् १९५८ मा आणविक आक्रमण गर्न खोजेको अमेरिकाका ९० वर्षीय पूर्व सैन्य विशेषज्ञ डेनियल एल्सबर्गले खुलासा गरेका छन् । 

चीनको कम्युनिस्ट शासनबाट ताइवानलाई बचाउनका लागि यो फैसला गरिएको थियो । चीनको मुख्यभूमिलाई निशाना बनाउन खोजिएको थियो । 
 

एल्सबर्गले गोप्य दस्तावेजको केही भाग अन्लाइन पोस्ट गरेका हुन् । सन् १९७५ मा यसलाई आंशिक रूपमा क्लासिफाई गरिएको थियो । 

चीनले ताइवानलाई धम्क्याइरहने हो भने उसमाथि आणविक आक्रमण गर्ने भनी अमेरिकाले सोच बनाएको थियो । 

अहिले ताइवानका विषयमा अमेरिका र चीनबीच विवाद बढेकाले यो दस्तावेज आफूले अप्लोड गरेको एल्सबर्गले बताए ।
 

एल्सबर्ग सन् १९७१ मा भियतनाम युद्धका विषयमा बनाइएको टप सिक्रेट पेन्टागन पेपर्स लीक गरेर प्रख्यात बनेका थिए । 

यो दस्तावेज लेख्ने व्यक्तिले तत्कालीन जोइन्ट चीफ अफ स्टाफ्सका प्रमुख जनरल नाथन ट्विनिङ चीनलाई रोक्नका लागि अमेरिकाले उसको हवाई अड्डालाई पनि निशाना बनाउँदै आणविक आक्रमण गर्न रहेको भनी लेखेका थिए । 

लडाइँ भइहालेछ भने अमेरिकासँग आणविक बम प्रयोग गर्नुको विकल्प नरहेको उनले बताएका थिए । बमको निशानामा शांघाई शहर पनि हुने थियो । 

सन् १९५८ मा चीनको सेनाले ताइवानमा बमवर्षा रोकेपछि ताइवान संकट समाप्त भएको थियो । त्यसपछि उक्त क्षेत्र च्याङ काई शेकको राष्ट्रवादी शक्तिको नियन्त्रणमा रहन दिइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्