२३ जेठ २०८३, शनिबार

सरकारबाट डेढ करोड पाउँदा महावीर पुनले गरे प्रचण्डलाई गाली

कात्तिक २०, २०७४
सरकारबाट डेढ करोड पाउँदा महावीर पुनले गरे प्रचण्डलाई गाली

काठमाडौं, १९ जेठ– राष्ट्रिय आविस्कार केन्द्र खोल्ने अभियानमा रहेका महावीर पुनलाई सरकारले १ करोड ५० लाख सहयोग गर्ने निर्णय गर्दा सबैतिरबाट प्रसंशा भइरहेको छ ।

तर, स्वयं महावीर पुनले भने सहयोग रकम दिने निर्णय सुनेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई ‘गाली’ गरेका छन् ।

म्यागासेसे पुरस्कार बिजेता पुनले उद्योग मन्त्री नविन्द्रराज जोशीसँगको व्यक्तिगत सम्बन्धका आधारमा आफूलाई डेढ करोड रुपैयाँ दिने निर्णय भएको हुन सक्ने बताएका छन् ।

साथै पुरस्कार दिने निर्णय गर्दैमा पैसा पाइहाल्ने विश्वास भने नभएको उनको भनाइ छ । ‘मन्त्रीले भन्दैमा र बजेट भाषणमा राख्दैमा पैसा पाइन्छ भन्ने कुरामा म बिश्वाश गर्दिन । त्यस्तो कुरा त डा. रामशरण महत अर्थ मन्त्री हुँदा पनि भएको थियो र अर्का अर्थमन्त्री बिष्णु पौडेलजी ले पनि भन्नु भएको थियो । त्यति बेला रामशरण जीले बजेट मै प्रष्ट रुपमा नबिन बिचार र अनुसन्धान कार्यहरुलाई सहयोग गर्ने भनेर रू. ५० करोड नै बजेटमा छुट्याइएको थियो । तर त्यो बजेट अनेकौं कारणहरु देखाएर निकासा भएन,’ पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।

अहिलेको अनुदान दिने भन्ने कुरा हालको उद्योग मन्त्रीले व्यक्तिगत रुपमा मन्त्रालयमार्फत आफूप्रति देखाएको सम्मान, सद्भाव र व्यक्तिगत प्रसाय मात्रै भएको पुनको भनाइ छ । उद्योग मन्त्री जोशीले भेट्दा आफूलाई दाइ भन्ने गरेको र आफ्नो कामको ज्यादै सम्मान गर्ने गरेको पनि पुनले उल्लेख गरेका छन् ।

सहयोग दिने कुरा सत्य भएपनि त्यसलाई आफूले प्रधानमन्त्री प्रचण्ड र उनको ‘भान्से’ टीमको आफूप्रतिको सद्भाव भनेर आफूले नबुझ्ने पुनको भनाइ छ । ‘मैले यसलाई प्रधानमन्त्री प्रचण्ड र उहाँको भान्से टीमको मप्रतिको सद्भावाना भनेर पटक्कै मान्दिन । त्यसैले ढिलै भए पनि प्रधानमन्त्रीले मद्दत त गर्यो नि भनेर मक्ख नपर्न अनुरोध छ,’ पुनले फेसबुकमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनको ‘भान्से’ टीमलाई आफूले यसो भन्नुका ठोस कारण भएको भन्दै पुनले त्यसलाई आफूले आफ्नोे जीवनी लेख्दा उल्लेख गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्